सत्ता गठबन्धनले तनहुँको पालिकामा स्तरमा सुझाव सङ्कलन गर्ने | Khabarhub Khabarhub

सत्ता गठबन्धनले तनहुँको पालिकामा स्तरमा सुझाव सङ्कलन गर्ने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ ।

अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।

‘गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव सङ्कलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ’, उनले भने, ‘पालिकास्तरमा बैठक राखेर सुझाव सङ्कलन गर्छौ ।’

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ०८ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा