सुर्खेतको वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय « Khabarhub

सुर्खेतको वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सत्तासाझेदार दलहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्।

नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो ।

बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ ।

कांग्रेस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिए। बैठकमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकिकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए ।

यसअघि सुर्खेतस्थित ती दलहरुको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ३१ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी