होटलदेखि कारखानासम्म इन्धन अभाव | Khabarhub Khabarhub

होटलदेखि कारखानासम्म इन्धन अभाव

श्रीलंकाको आर्थिक संकट


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रञ्जित कोरालेज एक गार्मेन्ट कम्पनीका मालिक। श्रीलङ्काको राजधानी कोलम्बोमा उनले वर्षौदेखि कपडा उत्पादनको काम गर्ने गरेका थिए। अहिले उनको व्यवसायमा सङ्कट थपिएको छ। मेसिन र रोलर चलाउनका लागि डिजेलको अभाव छ।

श्रीलङ्काको केन्द्रीय प्रान्तमा अवस्थित त्यस कारखानाका मालिक उनी दैनिक डिजेल स्टेसन चाहर्ने गरेका छन्। मुस्किलले जम्मा गरेको ४ सय लिटर डिजेल जेनरेटरका एक दिनलाई पुग्छ।

अहिले श्रीलङ्कामा ऊर्जा सङ्कट देखिएको छ। विद्युत् आपूर्ति हुन सकेको छैन। तथापि केही स्थानमा जेनरेटरले नै काम चलेको छ। कोरालेज भन्छन्, ‘आजसम्म त जसोतसो चलेको छ भोलि के हुन्छ थाहा छैन।’ उनको गार्मेन्टले नै भिक्टोरिया, पुमा र लेभिसमा कपडा निर्यात गर्छ। अहिले श्रीलङ्काका अन्य थुप्रै कारखानामा झैँ त्यस कारखानामा पनि सामान निर्यात गर्न कठिन भएको छ।

श्रीलङ्काको अर्थतन्त्रमा गार्मेन्ट उद्योग वैदेशिक मुद्रा आर्जनका लागि दोस्रो भरपर्दो व्यापार हो। कोरोना महामारीबाट यो उद्योग भर्खर बाहिर निस्किएको छ।

श्रीलङ्काको अर्थतन्त्रमा गार्मेन्ट उद्योग वैदेशिक मुद्रा आर्जनका लागि दोस्रो भरपर्दो व्यापार हो। कोरोना महामारीबाट यो उद्योग भर्खर बाहिर निस्किएको छ। गत वर्षको तुलनामा गत जनवरीसम्म २२.१ प्रतिशत वृद्धि भएको थियो।

कोलाना गार्मेन्टका लागि अबको तीनदेखि ६ महिनाका लागि सामान अर्डर भइसकेको छ। अहिले माग अनुसार सामान उपलब्ध गराउन नसकेपछि इन्डोनेसिया, बङ्गलादेश र भियतनाममा रहेका फर्म त्यहाँको व्यापारलाई खोस्ने डर उनीलाई छ।

देशमा डलरको सङ्कटका कारण खाद्यान्न, औषधि र इन्धनको आपूर्ति गर्नसमेत कठिनाइ भएको छ। श्रीलङ्काका पावर प्लान्टले वैकल्पिक ऊर्जाका लागि सङ्घर्ष गरिरहेका छन्। 

‘यदि सरकारले इन्धन आयातमा सहयोग गरेन भने सामान उपलब्ध गराउन हामीलाई कठिन हुन्छ। हाम्रा ग्राहकले हामीलाई प्रत्येक दिन फोन गरेर समयमा सामान उपलब्ध गराउन सक्छौं या सक्दैनौ भनेर सोधी रहन्छन्,’ कोरालेजले भने। श्रीलङ्का दशककै खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ। विदेशी मुद्रा सञ्चयमा असर गरेको केन्द्रीय बैंकले जनाएको छ।

कोलाना म्यानुफेक्चर कम्पनी श्रीलङ्काको औद्योग विकासको एउटा उदाहरण नै बनेको थियो। कारखानाले देशभरका विभिन्न स्थानका ८ सय जनालाई रोजगारी दिएको छ। स्थानीय ग्रामीण क्षेत्रमा मात्र वार्षिक १ लाख ४० हजार अमेरिकी डलर बराबरको सामान पठाउने गरेका थियो। संसारमा कम्पनीले गरेको व्यापार लोभलाग्दो थियो।

अहिले श्रीलङ्कामा देखिएका धेरै सङ्कटसँगै यो उद्योग पनि सङ्कटमा छ। देशमा डलरको सङ्कटका कारण खाद्यान्न, औषधि र इन्धनको आपूर्ति गर्नसमेत कठिनाइ भएको छ। श्रीलङ्काका पावर प्लान्टले वैकल्पिक ऊर्जाका लागि सङ्घर्ष गरिरहेका छन्। ऊर्जा सङ्कटकै कारण धेरै व्यवसाय धरापमा परेका छन्।

इन्धन मात्र होइन, अहिले त पेट्रोलियम पदार्थको अभावका कारण आधा भन्दा बढी सार्वजनिक सवारी साधन बन्द छन्।

कोलाना जस्ता विदेशमा निर्यात गर्ने कम्पनीका लागि सामानको मूल्य निर्धारण गर्न नै कठिनाइ परेको छ। मूल्य नबढाए उत्पादन मूल्य अधिक बढेको छ। मूल्य बढाउँदा बजारबाट माग नै नहुने डर छ। यो समस्या अन्तर्राष्ट्रिय बजारमा प्रभाव भएका धेरै उद्योगलाई समस्या परेको छ। यो चेनले मजदुरलाई समेत छोएको छ। हरेकको जीवनयापन खर्चालु बनेको छ। काम गर्ने कम्पनी भने तलब बढाउन त परै जाओस् कर्मचारी कटौती गर्ने या निरन्तरता दिने भन्ने निर्णय गर्न नै असमर्थ झैँ भइसकेका छन्।

इन्धन मात्र होइन, अहिले त पेट्रोलियम पदार्थको अभावका कारण आधा भन्दा बढी सार्वजनिक सवारी साधन बन्द छन्। मजदुर सही समयमा कार्यालयमा उपस्थित हुन कठिनाइ भएको छ। यसले दैनिक कामलाई अझ ठूलो प्रभाव पारेको छ। कोलोना म्यानुफ्याक्चरिङबाट २५ किलोमिटर पर रहेको सहर इम्बीलपिटियाबाट धेरै मजदुर आउने गर्छन्। बस स्टेसन पहिलेको जत्ति व्यस्त छैन। तर, जब बस आइपुग्छ, बस चढ्नेको लामो लाइन नै हुन्छ।

कार्यालय सहायकको रूपमा काम गर्ने ३० वर्षीया छतुरी दिलेखा आधा घण्टादेखि बस कुरेर बसेकी छन्। ‘म सधैँ १५ मिनेट भित्रमा नै बस चढ्ने गरेकी थिएँ। अहिले त एक घण्टा या दुई घण्टा कुर्नुपर्ने हुन्छ। कहिलेकहीँ डिजेल सकिएर बीच बाटोमा नै ओर्लनु पनि पर्छ।’ उनीसँग मोटरसाइकल नभएको त होइन। तर, पेट्रोल भर्न सकस भएर यसलाई पनि घरमा त्यत्तिकै थन्क्याएकी छन्।

धेरैजना ट्याक्सी चालक ग्राहक कुरेर बसेका छन्। उनीहरूको पनि आफ्नै समस्या छ। लामो रुटमा ग्राहक लिएर जाँदा बीच बाटोमा नै पेट्रोल सकिने डर हुन्छ। नजिकै जाने ग्राहक ट्याक्सी चढ्न खोज्दैनन्।

धेरैजना ट्याक्सी चालक ग्राहक कुरेर बसेका छन्। उनीहरूको पनि आफ्नै समस्या छ। लामो रुटमा ग्राहक लिएर जाँदा बीच बाटोमा नै पेट्रोल सकिने डर हुन्छ। नजिकै जाने ग्राहक ट्याक्सी चढ्न खोज्दैनन्। पैसाको अभाव भएका कारण सामान्यतया छोटो दुरी उनीहरू हिँडेर नै पुरा गर्ने गर्छन्। अहिले कम चाप हुने रुटमा बस नै हटाउन थालिएका छन्। कोभिड लकडाउनको समयमा भन्दा अहिलेको अवस्था खराब छ। त्यो समयमा संसारले समस्या खेपेको थियो। ‘इन्धनका लागि धेरै दिन लाइनमा बस्नुपर्ने कुरा मैले कल्पनासमेत गरेको थिइन’, २० वर्षदेखि गाडी चलाउँदै आएका एक चालकले भने। गत साता नै डिजेलको अभाव भएको जनाएपछि सार्वजनिक यातायात नै ठप्प भएको थियो। बन्दरगाहबाट देश भरी सामान ओसार्ने ट्रकसमेत लाम लागेर इन्धन भर्न पालो पर्खेर बसेका थिए।

राजधानी कोलम्बोको १ सय ३० किलोमिटर दक्षिणमा हिकदुवा बिच कुनै समय एकदमै व्यस्त मानिन्थ्यो। यूरोप र मध्यपूर्वका पर्यटकका लागि यो बिच आकर्षणको केन्द्र मानिन्थ्यो। अहिले अवस्था फरक भएको छ। त्यहाँका सडक नै रित्तो देखिन्छन्।

ऊर्जा सङ्कट र अति आवश्यक वस्तुको अभावमा केही समयपछि सुधार आउने आशा पनि गरिएको छ। कोरोना महामारीको समयमा पर्यटन व्यवसायमा आएको सङ्कट त्यहाँको विदेशी मुद्राको अभावको एउटा प्रमुख कारण हो।

तीन वर्षको प्रयासपछि गत वर्ष नेलेका गुणरत्नेले ३० बेडको होटल खोलेकी थिइन्। ६ महिना राम्रो व्यापार भएपछि अहिले कोठाहरू रित्तिएका छन्। लबीहरू सुनसान बनेका छन्। ग्राहकले अपेक्षा गर्ने सामान्य सुविधा पनि उपलब्ध गराउन नसकेपछि गेस्ट हाउस त रित्तिने भइहाल्यो। ऊर्जा सङ्कट र अति आवश्यक वस्तुको अभावमा केही समयपछि सुधार आउने आशा पनि गरिएको छ। कोरोना महामारीको समयमा पर्यटन व्यवसायमा आएको सङ्कट त्यहाँको विदेशी मुद्राको अभावको एउटा प्रमुख कारण हो।

विगतमा विद्युत् आपूर्तिका समस्या नभएका कारण मध्यम तथा साना उद्योगले जेनेरेटरको व्यवस्था गरेका नै थिएनन्। यसैबीच श्रीलङ्का सरकारले केही वस्तुमा प्रतिबन्ध लगाएको छ। यो साता मात्र मुद्रास्फिती १७ प्रतिशतले बढेको छ। खाद्यान्नमा मुद्रास्फिती २० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।

खाना पकाउने ग्यास अभावका कारण धेरै रेस्टुरेन्ट बन्द भएका छन् भने होटलले भएका ग्राहकलाई पनि फिर्ता पठाउने अवस्था छ। होटल मालिक गुणरत्ने मार्चदेखि अप्रिल बीचमा ८० प्रतिशत होटेल बुकिङ रद्द गरिएको बताउँछिन्।

चिनियाँ ऋणसँगै ओरालो लागेको श्रीलङ्काको अवस्था सुधार्नका लागि अहिले छिमेकी देशको समेत चासो बढेको छ।

ग्राहकले भोकै बस्नु पर्ने या खाना खान पाउने भन्ने कुरामा सन्देश व्यक्त गर्न थालेपछि होटल साहुले निश्चिन्त भएर खाना खुवाउने ग्यारेन्टी गर्नै सक्दैनन्। यसैकारण धेरै होटल ग्राहक फिर्ता हुँदा पनि खुसी हुने अवस्थामा पुगेका छन्।त्यहाँको बिच र संस्कृति हेर्न आउने पर्यटकका लागि श्रीलङ्का आकर्षणको केन्द्र बनेको थियो। सडकमा दिनहुँ देखिने जुलुसले कुनै पर्यटकका लागि त्यो ठाउँ आनन्ददायक लाग्न छाडेको छ।

युएस स्टेट डिपार्टमेन्टले आफ्ना नागरिकका लागि श्रीलङ्का भ्रमण जोखिम भएको ठहर गर्दै सबै नागरिकलाई सचेत गराएको छ। एयर इन्डियाले आफ्ना धेरै उडानलाई कटौती गरेको छ। जब त्यहाँ राजनीतिक र आर्थिक स्थायित्व हुँदैन, तबसम्म न त्यहाँ कुनै कारखाना राम्रोसँग चल्छन्। न त पर्यटन व्यवसाय नै फस्टाउँछ। चिनियाँ ऋणसँगै ओरालो लागेको श्रीलङ्काको अवस्था सुधार्नका लागि अहिले छिमेकी देशको समेत चासो बढेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ५३ बजे

जीबी राई नेटवर्किङ व्यवसायबाट सहकारी ठगीमा 

काठमाडौं– सहकारी विशेष छानबिन समितिले ११ सय २४ पेजको प्रतिवेदन

खबपु : ती विद्रोही, यी व्यङ्ग्यकर्मी !

काठमाडौं – खड्गबहादुर पुन ‘खबपु’ टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनबाट

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधान गर्न आयोग गठन

काठमाडौं– सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार