कांग्रेस पार्टी कार्यालयमा बिपीको शालिक स्थापना « Khabarhub

कांग्रेस पार्टी कार्यालयमा बिपीको शालिक स्थापना


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाली कांग्रेस खोटाङको कार्यालयमा बिपी कोइरालाको शालिक स्थापना गरिएको छ ।

कांग्रेसको स्थापना दिवसको अवसरमा आइतबार कांग्रेसको दिक्तेलस्थित बिपी स्मृति भवनमा बिपीको अर्धकद्को शालिक स्थापना गरिएको हो ।

कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको बिपीको शालिक ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तरगत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा बिपीको शालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिसरमा स्थापना गरिएको हो । शालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ मात्र संकलन भएपछि अपुग २० हजार ३१९ रुपैयाँ आफैले व्यक्तिगत रुपमा खर्च गरेको पोखरेलले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ०४ बजे

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको