तीन दिनदेखि अन्धकारमय बगरफाँटमा खानेपानीको हाहाकार « Khabarhub

तीन दिनदेखि अन्धकारमय बगरफाँटमा खानेपानीको हाहाकार


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ ।

दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति पुर्‍याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिए।

उनका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ ।

यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपलाइन बगाएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए । सो स्थानमा २१४ घरधुरी छ ।

विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

बगरफाँट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार पाइपलाइनको मर्मत कार्य भइरहेकोले अझै केही समय खानेपानीको समस्या हुने देखिएको छ । गाउँका पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायत पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : १५ बजे

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको