नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानमा आज मतदान « Khabarhub

नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानमा आज मतदान


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा आज सोमबार मतदान हुँदैछ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार नयाँ प्रधानमन्त्री चयन गर्नका लागि सोमबार दिउँसो २ बजे संसद् बैठक आह्वान गरिएको छ ।

नयाँ प्रधानमन्त्रीका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नयाँ प्रधानमन्त्रीका आकांक्षीमा पाकिस्तान मुस्लिम लिग– नवाजका अध्यक्ष शहबाज शरिफ तथा निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष तथा निवर्तमान विदेशमन्त्री शाह महमुद कुरैशी छन् ।

यद्यपि विपक्षी गठबन्धनबाट उम्मेद्वारी दर्ता गराएका शरिफ नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै रहेको बताइएको छ । यसअघि आइतबार पीटीआईका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले आफ्ना पार्टीका सबै सांसद्हरुले सामूहिक राजीनामा दिने घोषणा गरेका थिए । तर, पार्टीका तर्फबाट प्रधानमन्त्री उम्मेद्वार कुरैशीले भने यो घोषणाको खण्डन गरेका छन् ।

एआरवाई च्यानललाई दिएको अन्तरवार्तामा चौधरीले आफ्ना पार्टीका सांसद्हरुले राजीनामा नदिने स्पष्टोक्ति दिएको डनले जनाएको छ ।  यसअघि शनिबार अबेर प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावलाई संसद्ले पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ४९ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।