नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानमा आज मतदान « Khabarhub

नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानमा आज मतदान


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा आज सोमबार मतदान हुँदैछ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार नयाँ प्रधानमन्त्री चयन गर्नका लागि सोमबार दिउँसो २ बजे संसद् बैठक आह्वान गरिएको छ ।

नयाँ प्रधानमन्त्रीका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नयाँ प्रधानमन्त्रीका आकांक्षीमा पाकिस्तान मुस्लिम लिग– नवाजका अध्यक्ष शहबाज शरिफ तथा निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष तथा निवर्तमान विदेशमन्त्री शाह महमुद कुरैशी छन् ।

यद्यपि विपक्षी गठबन्धनबाट उम्मेद्वारी दर्ता गराएका शरिफ नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै रहेको बताइएको छ । यसअघि आइतबार पीटीआईका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले आफ्ना पार्टीका सबै सांसद्हरुले सामूहिक राजीनामा दिने घोषणा गरेका थिए । तर, पार्टीका तर्फबाट प्रधानमन्त्री उम्मेद्वार कुरैशीले भने यो घोषणाको खण्डन गरेका छन् ।

एआरवाई च्यानललाई दिएको अन्तरवार्तामा चौधरीले आफ्ना पार्टीका सांसद्हरुले राजीनामा नदिने स्पष्टोक्ति दिएको डनले जनाएको छ ।  यसअघि शनिबार अबेर प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावलाई संसद्ले पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ४९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर