देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल « Khabarhub

देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशैभर तालमेल गर्न कार्यकर्तामा अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशै भर अवस्था अनुसार चुनावी तालमेल गन र आपसी सहकार्य गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गर्दै जारी गरिएको अपिलमा हिजोका सबै मतभेद बिर्सेर चुनावमा गठबन्धन आबद्ध उम्मेदवारलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरिएको छ।

गठबन्धनले सत्तारुढ दलका साझा उम्मेदवारलाई मतदान गर्न पनि कार्यकर्तालाई आग्रह गरेको छ। पाँच दलका शीर्ष नेताहरूले हस्ताक्षरित अपिलमा गठबन्धन आबद्ध दलहरूबीच निर्वाचनमा सहकार्य गर्ने संकल्प पनि गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०९ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग