बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणासँगै सिक्किममा फिल्मकर्मीको आकर्षण बढ्यो « Khabarhub

बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणासँगै सिक्किममा फिल्मकर्मीको आकर्षण बढ्यो


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिक्किमलाई बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट भनेर घोषणा गरिएको छ ।

यो घोषणासँगै सिक्किममा फिल्म छायांकन गर्ने क्रम बढ्न थालेको सिक्किमका सूचना तथा जनसम्पर्क विभाग मन्त्री लोकनाथ शर्माले बताए ।

बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणा भएसँगै यहाँ छायांकन गर्न आउने क्रम बढ्ने छ । ‘हामी हाम्रो पर्यटनसँगै कलाकारहरूलाई पनि प्रवर्द्धन गर्न तत्पर छौँ’ मन्त्री शर्माले भने ।

उनले सिक्किम सरकारले सोच अनुरुप नै फिल्म पोलिसी ल्याएर त्यसलाई कार्यान्वयन गरेको बताए । ‘हामीले कलाकारका लागि फिल्म प्रमोशन बोर्ड गठन गर्यौँ । फिल्म पोलिसी ल्यायौँ। यी सब गर्नुको उद्देश्य नै स्थानीय कलाकारलाई प्रमोशन गर्नु पनि हो”मन्त्री शर्माले भने । सिक्किमको फिल्म पोलिसीमा रहेर फिल्म छायांकन गर्दा एक करोडसम्म अनुदान पाउने भएको हुँदा स्थानीय कलाकारले समेत अवसर पाउने बताए ।

‘हाम्रो पोलिसीले स्थानीय पर्यटनसँगै कलाकारलाई पनि समेटेको छ । हामी हाम्रो कलाकारको अनुभव बढाउन र क्षमतालाई विश्वका फिल्महरूमा पुर्‍याउन योजनाबद्ध रूपमा अगाडि बढिरहेका छौँ’ उनले भने । सिक्किम सरकारले ल्याएको फिल्म पोलिसी अनुसार ७५ प्रतिशत सिक्किममा छायांकन र ५० प्रतिशत सिक्किमका कलाकारसँगै प्राविधिकलाई समेट्नुपर्ने हुन्छ ।

फिल्म पोलिसीले सिक्किमका कलाकारलाई विश्वका फिल्महरू अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘हामी कहाँ अन्य देशहरूबाट पनि केही फिल्म छायांकनमा आउँदैछन् । कुराकानी भइरहेको छ’ मन्त्री शर्माले भने । उनले सिक्किममा छायांकनका लागि आउने तर पोलिसीअन्तर्गत नपर्ने फिल्मलाई पनि आफू र सम्बन्धित निकाय सिक्किम फिल्म प्रमोशन बोर्डले सहयोग गर्ने बताए ।

उनले सिक्किममा घोषणा गरिएको फिल्म ‘ग्रहण’ लाई शुभकामना दिदैँ छायांकन सहजताका लागि सिक्किम सरकार सदैव तत्पर रहेको बताए । ‘ग्रहण’ युनिटले मुख्य भूमिकाकै लागि सिक्किममा कलाकार खोजिरहेको थाहा पाएपछि मन्त्री शर्मा झनै हर्षित थिए । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्म ‘ग्रहण’ मा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकार फाइनल भइसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ५४ बजे

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण