बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणासँगै सिक्किममा फिल्मकर्मीको आकर्षण बढ्यो « Khabarhub

बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणासँगै सिक्किममा फिल्मकर्मीको आकर्षण बढ्यो


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिक्किमलाई बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट भनेर घोषणा गरिएको छ ।

यो घोषणासँगै सिक्किममा फिल्म छायांकन गर्ने क्रम बढ्न थालेको सिक्किमका सूचना तथा जनसम्पर्क विभाग मन्त्री लोकनाथ शर्माले बताए ।

बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणा भएसँगै यहाँ छायांकन गर्न आउने क्रम बढ्ने छ । ‘हामी हाम्रो पर्यटनसँगै कलाकारहरूलाई पनि प्रवर्द्धन गर्न तत्पर छौँ’ मन्त्री शर्माले भने ।

उनले सिक्किम सरकारले सोच अनुरुप नै फिल्म पोलिसी ल्याएर त्यसलाई कार्यान्वयन गरेको बताए । ‘हामीले कलाकारका लागि फिल्म प्रमोशन बोर्ड गठन गर्यौँ । फिल्म पोलिसी ल्यायौँ। यी सब गर्नुको उद्देश्य नै स्थानीय कलाकारलाई प्रमोशन गर्नु पनि हो”मन्त्री शर्माले भने । सिक्किमको फिल्म पोलिसीमा रहेर फिल्म छायांकन गर्दा एक करोडसम्म अनुदान पाउने भएको हुँदा स्थानीय कलाकारले समेत अवसर पाउने बताए ।

‘हाम्रो पोलिसीले स्थानीय पर्यटनसँगै कलाकारलाई पनि समेटेको छ । हामी हाम्रो कलाकारको अनुभव बढाउन र क्षमतालाई विश्वका फिल्महरूमा पुर्‍याउन योजनाबद्ध रूपमा अगाडि बढिरहेका छौँ’ उनले भने । सिक्किम सरकारले ल्याएको फिल्म पोलिसी अनुसार ७५ प्रतिशत सिक्किममा छायांकन र ५० प्रतिशत सिक्किमका कलाकारसँगै प्राविधिकलाई समेट्नुपर्ने हुन्छ ।

फिल्म पोलिसीले सिक्किमका कलाकारलाई विश्वका फिल्महरू अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘हामी कहाँ अन्य देशहरूबाट पनि केही फिल्म छायांकनमा आउँदैछन् । कुराकानी भइरहेको छ’ मन्त्री शर्माले भने । उनले सिक्किममा छायांकनका लागि आउने तर पोलिसीअन्तर्गत नपर्ने फिल्मलाई पनि आफू र सम्बन्धित निकाय सिक्किम फिल्म प्रमोशन बोर्डले सहयोग गर्ने बताए ।

उनले सिक्किममा घोषणा गरिएको फिल्म ‘ग्रहण’ लाई शुभकामना दिदैँ छायांकन सहजताका लागि सिक्किम सरकार सदैव तत्पर रहेको बताए । ‘ग्रहण’ युनिटले मुख्य भूमिकाकै लागि सिक्किममा कलाकार खोजिरहेको थाहा पाएपछि मन्त्री शर्मा झनै हर्षित थिए । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्म ‘ग्रहण’ मा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकार फाइनल भइसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ५४ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र