फ्रान्समा नयाँ राष्ट्रपति बन्न म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुने « Khabarhub

फ्रान्समा नयाँ राष्ट्रपति बन्न म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोँ र दक्षिणपन्थी नेतृ मरी ले पेनबीच दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्‍वारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेद्‍वारबीच प्रतिस्पर्धा हुने प्रावधान अनुसार दोश्रो चरणमा म्याक्रोँ र ले पेनबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दोश्रो चरणको मतदान अप्रिल २४ मा हुने फ्रान्स २४ टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि आइतबार भएको मतदानमा म्याक्रोँ २७ प्रतिशत मतका साथ विजयी भएका थिए । दोश्रो स्थानकी ले पेनले २३ प्रतिशत मत ल्याएको फ्रान्स २४ ले जनाएको छ ।

यसअघि सन् २०१७ मा भएको निर्वाचनमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । सन् २०१७ को निर्वाचनको पहिलो चरणको मतदानमा माक्रोँले २४ प्रतिशत मत प्राप्त गरेका थिए भने ले पेनले २१ प्रतिशत मत पाएकी थिइन् ।

यी दुई बीच भएको दोश्रो चरणको प्रतिस्पर्धामा भने ६६ प्रतिशत मत ल्याउँदै म्याक्रोँ राष्ट्रपति चयन भएका थिए । 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : २८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज