नवाज शरिफ इदपछि पाकिस्तान फर्किने « Khabarhub

नवाज शरिफ इदपछि पाकिस्तान फर्किने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लण्डनमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तान फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका एकजना वरिष्ठ नेतालाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार नवाज आगामी महिना इदपछि पाकिस्तान फर्किने छन् ।

यस वर्ष आगामी मे महिनाको पहिलो साता इद परेको जनाइएको छ । पीएलएम–एनका सांसद मियाँ जावेद लतिफका अनुसार तीनपटक पाकिस्तानको प्रधानमन्त्री रहिसकेका नवाजको पाकिस्तान फिर्तीबारे गठबन्धनसँग छलफल गरिनेछ ।

कान्छा भाइ शहबाज शरिफ नयाँ प्रधानमन्त्री बन्न लागेसँगै नवाजको पाकिस्तान फिर्तीबारे पीएलएम- एनका कार्यकर्ता र आम सर्वसाधारणमा ठूलो चासो रहेको बताइन्छ ।

उनीमाथि पाकिस्तानमा विभिन्न भ्रष्टाचार र आर्थिक हिनामिनाका विषयमा अनुसन्धान भइरहेको छ भने उनीविरुद्धका धेरै मुद्दाहरू अदालतमा विचाराधीन रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१९ मा सर्वोच्च अदालतले पानामा पेपर्स काण्डमा नवाजलाई दोषी ठहर गरेपछि ७२ वर्षे उनको राजनीतिक भविष्य सकिएको आँकलन गरिएको थियो ।

लाहोर उच्च अदालतको अनुमतिमा विदेशमा उपचार गराउन भन्दै उनी सन् २०१९ नोभेम्बर महिनामा लण्डन गएका थिए । त्यसयता उनी पाकिस्तान फर्केका छैनन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर