न्यु योर्क शहरका मेयरलाई पनि कोरोना « Khabarhub

न्यु योर्क शहरका मेयरलाई पनि कोरोना


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यु योर्क शहरका मेयरलाई कोरोना भाइरसको संक्रमण भएको छ । मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको मेयरको कार्यालयले जनाएको हो । 

मेयरको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सीएनएनका अनुसार मेयर आडम्सलाई कोभिडको खासै गम्भीर लक्षण देखिएको छैन ।

यद्यपि परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएपछि भने उनी अहिले आइसोलेसनमा बसिरहेका छन् । उनी अझै एक साता कुनै सार्वजनिक कार्यक्रममा सरिक नहुने बताइएको छ । न्यु योर्क शहरमा कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि सेवा उपलब्ध छ ।

अमेरिकामा कोरोना भाइरस अझै निर्मूल भइसकेको छैन । त्यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ३१ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स