सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना छ : गृहमन्त्री खाँण « Khabarhub

सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना छ : गृहमन्त्री खाँण


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्स्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका हुन्। उनले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए । बेरुजु फछ्यौटमा गम्भीर हुन र बजेटलाई नियमसंगत खर्च गर्न थप मेहनत गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै अवकास पाउन लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सुशासन काम गर्न र मुलुकको सुरक्षाका साथै विकास निर्माणमा सशस्त्र प्रहरीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गरे।

कार्यक्रममा तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताव खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे। त्यस्तै अन्य निकायका कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ३६ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा