सेयर बजार ४४ अंकले घट्यो « Khabarhub

सेयर बजार ४४ अंकले घट्यो


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेप्से परिसूचकमा सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ । सोमबार बजार ४४ दशमलव ६५ ले घटेर २४ सय १९ दशमलव ७१ अङ्कले गिरावट आएको हो ।

नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार रकम बढे पनि बजारमा एक दशमलव ८१ प्रतिशतले गिरावट आएको छ । आइतबार सार्वजनिक बिदापछि खुलेको बजारमा १७ कम्पनीले नाफा कमाउँदा एक सय ७६ कम्पनीका सेयर धनीले गुमाए ।

नेसडो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार आठ सय ७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : २८ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार