पाकिस्तानमा इमरान खानको पार्टीका सबै सांसदद्वारा राजीनामा « Khabarhub

पाकिस्तानमा इमरान खानको पार्टीका सबै सांसदद्वारा राजीनामा


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीले आफ्नो पार्टीबाट निर्वाचित सबै सांसद्‍हरुले सामूहिक राजीनामा दिने घोषणा गरेको छ ।

नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनु अघि खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय बैठकले यस्तो निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

‘संसदीय पार्टीले नयाँ आयातित सरकारविरुद्ध संसद्‍‍‍बाट राजीनामा दिने निर्णय गरेको छ ।’ पीटीआईको केन्द्रिय सूचना सचिव फारुख हबिबले ट्विट गरेका छन् ।

पार्टीको निर्णयलगत्तै सांसद मुराद सइद, पूर्व समुद्र मामिलामन्त्री अली हैदर जइदी, अली अमिन गन्दापुर लगायत ले सांसद पदबाट राजीनामा दिएको बताइएको छ ।

यसअघि हिजोमात्रै निवर्तमान सूचनामन्त्री फवाद चौधरीले सोमबार पार्टीका सबै सांसदले राजीनामा दिने जानकारी दिएका थिए । पाकिस्तानी संसद्‍मा सबैभन्दा ठूलो दल पीटीआईका १५५ सांसद छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : २८ बजे

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट