इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने « Khabarhub

इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् ।

ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो ।

तर, सोही दिन बिहान मस्कले बोर्डमा सहभागी हुने जानकारी दिएको अग्रवालको भनाइ छ । ‘इलोनले त्यही बिहान बोर्डमा सहभागी नहुने जानकारी दिएका थिए ।’ अग्रवालले ट्विट गरेका छन् ।

टेस्ला कम्पनीका मालिक समेत रहेका मस्क ट्विटरको सबैभन्दा ठूला शेयरधनी रहिरहने र उनको योगदानका लागि कम्पनी सधैँ खुला रहेको अग्रवालको भनाइ छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४९ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ