शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चयन | Khabarhub Khabarhub

शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चयन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पाकिस्तान मुस्लिम लिग नवाज (पीएलएम–एन) पार्टीका अध्यक्ष शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका छन् ।

पाकिस्तानी संसद्‍मा भएको मतदानमा सामान्य बहुमत पुर्‍याएसँगै शहबाज पाकिस्तानका २३ औँ प्रधानमन्त्री चुनिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रधानमन्त्री बन्न पाकिस्तानी संसद्मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट आवश्यक पर्छ ।

संसद्मा भएको मतदानमा शहबाजको पक्षमा १ सय ७४ मत खसेको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

प्रधानमन्त्री बन्न शरिफका साथै इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह महमुद कुरैशीले मनोनयन दर्ता गराएका थिए । यद्यपि प्रधानमन्त्री चयन प्रक्रियाअघि पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिँदै संसद् बैठक बहिष्कार गरेका थिए ।

यसअघि शनिबार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका थिए । पाकिस्तानी राजनीतिमा निकै चर्चित नाम रहेपनि शहबाजलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्  ।

तर, प्रभावकारी प्रशासकको रूपमा देशभित्र उनको उच्च प्रतिष्ठा रहेको बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफका कान्छा भाइ शहबाजले इमरान खान नेतृत्वको सरकार ढाल्न नेतृत्व गरेका थिए ।

शहबाजको पाकिस्तानको शक्तिशाली एवम् आन्तरिक राजनीतिमा निकै प्रभावशाली मानिने सेनासँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएको पाकिस्तानी सञ्चारमाध्यमहरु बताउँछन् । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।

गत साता एक अन्तर्वार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । खानले आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्दै आएका छन् ।

सन् १९९९ मा पाकिस्तानमा परभेज मुशर्रफको नेतृत्वमा भएको सैनिक कू पछि शहबाजलाई साउदी अरब निर्वासनमा पठाइएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पीएलएम–एनको प्रमुख बनेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ५९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर