चिनियाँ वायुसेनाद्वारा २० घण्टा युद्ध अभ्यास « Khabarhub

चिनियाँ वायुसेनाद्वारा २० घण्टा युद्ध अभ्यास


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ वायुसेनाले हालै सैनिक अभ्यास गरेको छ । चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले जनाएअनुसार वायुसेनाले विभिन्न प्रकारका लडाकु विमानद्वारा ५ हजार किलोमिटरभन्दा बढी दुरीसम्म २० घण्टा अभ्यास गरेको हो ।

चीनको सरकार सञ्चालित टेलिभिजन सीसीटीभीले जनाएअनुसार मध्य चीनको हवाई अड्डाबाट जे ११ बी र जे ११ बीएस सहितका लडाकु विमान उडेर हजारौँ किलोमिटर टाढा ‘अपरिचित क्षेत्र’ तर्फ लागेका थिए ।

अभ्यासका क्रममा लडाकु विमानले नक्कली हवाई रक्षा प्रणालीलाई पनि भेद गरेको दाबी गरिएको छ । यससँगै यी लडाकु विमानले पठार र समुद्रजस्ता विभिन्न भौगोलिक क्षेत्रको आकासमाथि उडान भरेको ग्लोबल टाइम्सको दाबी छ ।

यो अभ्यासले विमानचालकको युद्ध कौशल तिखार्न मद्दत गरेको जनाइएको छ ।
 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ३३ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल