मधेशी आयोगद्वारा लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण « Khabarhub

मधेशी आयोगद्वारा लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामका लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

मधेशी आयोगले जनकपुरधाममा गरेको कार्यक्रममा सय जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले हरसम्भव मधेशी समुदायका व्यक्तिहरूको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

उनले आगामी दिनमा समेत स्रोत र साधनलाई पूर्ण उपयोग गरी अझ प्रभावकारी कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, मधेशी आयोगका सदस्य जिवछ साहले लोकसेवामा पहुँच बढाउनका लागि मधेश समुदायले पुरानो सोच त्याग्नुपर्ने बताए ।

लोकसेवा परीक्षामा आफूहरू नसक्ने सोच त्याग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव रामकुमार महतो, पूर्व उपसचिव एवं शिक्षक उमेशलाल कर्ण, आयोगका सूचना अधिकारी रमेश दासलगायतले विद्यार्थीहरूलाई तयारीसम्बन्धी प्रशिक्षण दिएका थिए । विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : २१ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई