आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित « Khabarhub

आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो।

१ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउले १३ ओभर ५ बलमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउनसक्यो। हारसँगै शीर्ष स्थानको लखनउ भने दोस्रो स्थानमा झरेको छ।

१२ खेलबाट ८ मा जित र चार खेलमा हार व्यहोरेको लखनउको १६ अङ्क छ। शीर्ष स्थानको गुजरातको भने १८ अंक छ। उसले अहिलेसम्म खेलेका १२ खेलमा ९ मा जित र ३ मा हार खाएको छ।

आईपीएलमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्नेछन्। अहिलेसम्म खेलेका ११ खेलमा ७ मा जित र ४ मा हार खाएको राजस्थान १४ अंकसहित लिग तालिकामा तेस्रो स्थानमा छ। यस्तै ५ खेलमा जित र ६ खेलमा पराजय भोगेको दिल्ली १० अंकसहित तालिकाको पाँचौ स्थानमा छ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार