चीनको शून्य–कोभिड रणनीति दिगो भएन : डब्लूएचओ « Khabarhub

चीनको शून्य–कोभिड रणनीति दिगो भएन : डब्लूएचओ


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको बताएका छन् ।

कोभिडको महामारी सुरु भएदेखि अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुखको यस्तो भनाई आएको हो ।

‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।

चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया