सहमतिपछि परियारको शव अन्त्येष्टि, हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग « Khabarhub

सहमतिपछि परियारको शव अन्त्येष्टि, हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो । यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् । परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा हत्या भएको थियो ।

बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताए । स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरुको छ । नेपाली कांग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले सहिद घोषणाका लागि पार्टीको केन्द्रमा लेखी पठाउने बताए । हत्यामा सङ्लग्न भएकाहरूको पहिचान भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि कांग्रेस र तिनका भातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ५२ बजे

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र