‘अवतार : द वे अफ वाटर’ : लालचले निम्त्याउने संघर्ष « Khabarhub

‘अवतार : द वे अफ वाटर’ : लालचले निम्त्याउने संघर्ष


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’ को टिजर ट्रेलर इन्टरनेटमा रिलिज भएसँगै चर्चा बढ्दो छ । 

हलिउडको यो बहुप्रतीक्षित फिल्मको टिजरले दर्शकहरू नोस्टाल्जिक समेत भएका छन् । १३ वर्ष अगाडि ‘वअवतार’ प्रदर्शनमा आउँदा यसले उठान गरेको विषयवस्तुले जति चर्चा पाएको थियो । अहिले पनि त्यही छ । निर्देशक क्यामरुनद्वारा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष फिल्ममा देख्न पाइने टिजरले दर्साउँछ ।

‘अवतार’ झैँ यसमा पनि मानवीयता र लालच बीचको द्वन्द्वलाई फिल्ममा समेटिएको छ । मानवीय लालचले गर्दा प्रकृतिमा पुगिरहेको क्षतिलाई यसमा कलात्मक हिसाबले प्रस्तुत गरिएको छ । न्युजिल्यान्डमा स्थापना गरिएको एक विशाल पौडीपोखरीको सेटमा पानीमुनि छायांकन गरिएको फिल्म ‘अवतार स् द वे अफ वाटर’ मा ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् । यस्तै, फिल्ममा नाभी नेयत्री अर्थात् नायिकाको भूमिकामा जोय साल्दानाले अभिनय गरेकी छन् ।

फिल्ममा भिन डिजेल र ‘टाइटानिक’ स्टार केट विन्सलेटको समेत विशेष भूमिका छ । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : २८ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती