पर्दामा तीन खानको पर्खाइ « Khabarhub

पर्दामा तीन खानको पर्खाइ


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा ठूला कलाकारको रुपमा तिन खानलाई हेर्ने गरिन्छ, ति हुन् सलमान खान, शाहरुख खान र आमिर खान । 

सन् २०१८ भने यी तीनै खानको फिल्म दर्शक समक्ष आएको थियो । सलमानको ‘रेस ३’, आमिरको ‘ठ्ग्स अफ हिन्दोस्तान’शाहरुखको ‘जिरो’ तीनै फिल्म बक्सअफिसमा सफल रहेनन् । धेरै समय पछाडि तीनै खानको फिल्म एकै वर्षमा दर्शकले हेर्न पाएका थिए । तर, बिदा लक्षित गर्दै आएका ती फिल्महरूले दर्शक र समीक्षक दुवैलाई निराश बनाए। 

यो वर्ष पुनः दुई खानको फिल्म आउँदैछ । सलमानले बीचमा धेरै नै फिल्म गरेता पनि शाहरुख र आमिरले बल्ल दर्शक समक्ष फिल्म ल्याउँदैछन् । आउँदो अगस्टमा आमिरको फिल्म लाल सिंह चड्डा प्रदर्शनमा आउँदैछ । त्यसपछि सलमान अभिनित कभी इद कभी दिवाली फिल्म क्रिसमसमा प्रदर्शनमा आउने छ । र, आगामी वर्ष शाहरुखको ‘पठान’ प्रदर्शन हुनेछ । त्यसो त सलमानको ‘टाइगर ३’ पनि सन् २०२३ को इदलाई प्रदर्शन तोकिएको छ । 

सन् २०१८ लाई खानलाई नफापेको वर्षका रुपमा चिनिएको थियो । त्यो वर्ष यिनका फ्यान मात्र निराश भएनन् । फिल्म प्रदर्शकले पनि ठुलो घाटा बेहोरे । कोरोना भाइरसको महामारी पश्चात ओटीटीसँगै साउथ इन्डियन फिल्मको दबदबामा बलिउड परेको समयमा यी खानहरुले नै पुनः बलिउडलाई लयमा ल्याउने विश्वास धेरैको छ । 

लाल सिंह चड्डा

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ प्रतीक्षित छ । आमिरले लामो समय लगाएर फिल्म तयार गरेका छन् । साथै उनको फेभरेट एक्टर टम ह्यांक्स अभिनीत फिल्म ‘फरेस्ट गम्प’ को यो हिन्दीमा अफिसियल रिमेक समेत हो । यसैले गर्दा पनि फिल्मको प्रतीक्षा आमिरको फ्यानलाई तीब्र छ । 

ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शीर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । यसमा आमिरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

कभी इद कभी दिवाली 

सलमान खानले निर्देशन समेत गर्न सक्ने फिल्म ‘कभी इद कभी दिवाली’ यहीँ वर्षको क्रिसमसमा रिलिज गर्ने भनिएको छ । यद्यपि फिल्मको छायांकन समेत हुन् सकेको छैन । सलमानले आफ्नो मिल्ने साथी साजिद नडियाडवालासँग मिलेर निर्माण गर्ने भनिएको फिल्ममा अब सलमान मात्र निर्माता छन् । साजिदले निर्देशन गर्ने भनिएको फिल्मबाट हात झिकेपछि यसलाई सलमान स्वयंले निर्देशन गर्ने चर्चा बढेको छ । फिल्ममा सलमानको को-स्टारको रुपमा पुजा हेग्डे छिन् । 

फिल्मको छायांकन अप्रिलमा सुरु गर्ने र क्रिसमसमा रिलिज गर्ने सलमानले सामाजिक सञ्जालमार्फत बताएका थिए । यद्यपि साजिदले निर्माणबाट हात झिकेपछि छायांकन केही ढिला हुन् सक्ने अनुमान गरिएको छ । 

पठान 

यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा दर्शकले हेर्न पाउने छन् । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात अविनाश सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् ।

पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुशी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : ४४ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा