इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु | Khabarhub Khabarhub

इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ ।

इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजीरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका बेला उनले ‘प्रेस’ लेखेको ज्याकेट लगाएको अल जजीराले जनाएको छ । 

सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । 

अक्लेह अल जजिराको अरबी समाचार सेवामा महत्वपूर्ण व्यक्तित्व थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ०८ बजे

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने

संसद्‍मा रविले भने : म बहुलाहा होइन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख