रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा « Khabarhub

रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमा मुलुकहरूले आर्थिक प्रतिबन्धहरूको घोषणा गरेसँगै रुसमा चार जना क्षेत्रीय गभर्नरहरूले राजीनामा दिएका छन् ।

रुसको टोम्स्क, सराटोभ, किरोभ र मारिएल क्षेत्रका गभर्नरहरुले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै, रायजान क्षेत्रका गभर्नरले आफूले दोश्रो कार्यकालका लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन् । त्यहाँ आगामी सेप्टेम्बर महिनामा चुनाव हुँदैछ ।

रुसका क्षेत्रीय गभर्नरहरु चुनावमार्फत निर्वाचित हुने भएपछि उनीहरु रुसी प्रशासन क्रेमलिनको मातहतमा रहने बताइन्छ । कहिलेकहीँ क्रेमलिनले यस्ता गभर्नरहरुलाई राजीनामा दिन बाध्य समेत पार्ने गरेको बताइन्छ ।

पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाएका कारण खस्कँदो रुसी अर्थतन्त्रमाझ क्रेमलिनले कमजोर गभर्नरलाई हटाएको मस्कोस्थित सेन्टर फर द डेभलपमेन्ट अफ रेजिनल पोलिटिक्स नामक थिंक ट्यांकका प्रमुख इलिया ग्राश्चेन्कोभले बताए ।

यो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्रमा ८ दशमलब ८ प्रतिशतको संकुचन आउने रुसी अर्थ मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : २६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री