म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरकाे माग « Khabarhub

म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरकाे माग


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो ।

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोलपाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए ।

मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया