पानी नपर्दा मकै रोप्न समस्या « Khabarhub

पानी नपर्दा मकै रोप्न समस्या


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । 

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् । पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए । 

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । 

स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । 

वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ५० बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।