शनिबार र आइतबार विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय (पत्रसहित) | Khabarhub Khabarhub

शनिबार र आइतबार विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय (पत्रसहित)


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । 

मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो । 

देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

‘आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य बिदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने र  विद्यालयहरुले यसैअनुसार वार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने,’ देशभरका स्थानीय तह र विद्यालयलाई बोधार्थ/कार्यार्थ गरी निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ । 

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रको पूर्णपाठ

विषयः सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै)

प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को च. नं. ३८३ मिति २०७९।०१।२७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७१।०१।१३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा बिदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्न समेत देहाय बमोजिम हुने गरी गर्न गराउन मिति २०७९।०१।२७ (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार लेखी आएकाले देहाय अनुसार गर्नका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्नु हुन निर्देशानुसार अनुरोध छ ।

तपसिल

१. विद्यालयहरूले साविक बमोजिम नै बिहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने । 

२. शुक्रबार दिनको १ः०० बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ः०० बजेसम्म पठनपाठन सञ्चालन गर्ने गराउने । 

३. राष्ट्रिय पाठ्यक्रम प्रारुप– २०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठ्यघन्टाकार्यघन्टामा नघट्ने गरि पठनपाठनका कार्यहरू सञ्चालन गर्नका लागि आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य बिदाबाट कटाई पूर्ति गर्ने । यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने ।

४. विद्यालयहरुले यसै अनुसार बार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने ।

बाधार्थ/कार्यार्थ श्री स्थानीय तह (सबै) श्री विद्यालयहरु (सबै)

रामचन्द्र शर्मा
निर्देशक

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : १७ बजे

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

सप्तरी – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ