भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता | Khabarhub Khabarhub

भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ ।

सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हेलिकोप्टर चढेर गाउँ फर्किएका हुन् ।

सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकोप्टर चढेर भोट हाल्न गाउँ पुग्ने गरेका थिए । काठमाडौँ बस्ने तथा देश बाहिर पुगेका लाङटाङ क्षेत्रका नागरिक निर्वाचनको समयमा गाउँ आउने गरेको लामाले बताए ।

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठमाडौँबाट स्याफ्रुबेबेँसीसम्म गाडी र स्याफ्रुबेँसीबाट पैदल यात्रा पछि मात्र पुगिन्छ । काठमाडौँबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ट्रेकिङ टुरिजमको रूपमा समेत चिनिन्छ ।

गोसाइँकुण्ड गाउँपालिका-४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : १६ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी