इलाम र सर्लाहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

इलाम र सर्लाहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम र सर्लाहीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

इलामको इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङमा ना. ४ ख ५६६९ नम्बरको ट्रकले मे.१ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–९ शेरा डेरा गरी बस्ने पाँचथर याङरुप गाउँपालिका–४ घर भएका ३५ वर्षीय धनबहादुर राई छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, सर्लाहीको बसवरिया गाउँपालिका–४ मा ना. ३ त ३७१३ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने शम्भु भण्डारीको छोरा १० वर्षीय राजु भण्डारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ३२ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा