नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै « Khabarhub

नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ ।

अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन् ।

जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३४८ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्वर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।

कोरोना महामारी विश्वभर फैलिए पछि यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले पर्यटकको आवतजावत प्राय ठप्प भएको थियो ।

अघिल्लो वर्ष सन् २०२१ को पहिलो चार महिनामा नेपालमा मात्र ५५ हजार ४४७ जना पर्यटक भित्रिएका थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटन आउने संख्या उल्लेख्य रुपमा बढेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ४४ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति