लमजुङका मतगणना स्थलमा सीसी क्यामेरा जडान « Khabarhub

लमजुङका मतगणना स्थलमा सीसी क्यामेरा जडान


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका आठवटा स्थानीय तहको मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।

निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गरिएको हो ।

जिल्लाको बेंसीशहर, मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिकमा सिसी क्यामेरा जडान गरिएको छ भने जिल्लाको दोर्दी क्व्होलासोथर, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकाको मतगणना स्थलमा पनि क्यामेरा जडान भइसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

मतगणनालाई सुरक्षित बनाउन मतगणनास्थलमा सीसी क्यामेराबाहेक फलामको बार हाल्ने र सो सम्भव नभएका ठाउँमा बाँसको बार राख्ने निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । मतगणनाका बेला कुनै पनि अप्रिय घटना नहोस् भन्ने हेतुले सुरक्षा निगरानीमा मतगणना गरिने खनालको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया