दाजु नवाजलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ लन्डनको यात्रामा « Khabarhub

दाजु नवाजलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ लन्डनको यात्रामा


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग– नवाज (पीएमएल–एन) का अध्यक्ष नवाज शरिफलाई भेट्न लन्डन पुगेका छन् ।

स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएअनुसार शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल-एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल लन्डन पुगेको हो ।

प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको पाकिस्तानको शाम टिभीले जनाएको छ ।

स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले  जनाएअनुसार नवाज शरिफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल–एनले ‘ठूलो निर्णय’ लिने अपेक्षा गरिएको छ ।

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरिफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् । बैठक राति ८ बजे (पाकिस्तानी समय) मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ यता स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्रीले  स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन् ।

गत महिना नवाजले पाकिस्तान पिपुल्स पार्टी पीपीपी अध्यक्ष बिलावल भुट्टो–जर्दारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ५० बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको