‘हनी बनी’ मा भित्रिए अभिमन्यू « Khabarhub

‘हनी बनी’ मा भित्रिए अभिमन्यू


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी बनी’ मा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्ध भएका छन् ।

निर्देशक दिवाकर भट्टराई सहित टिमले अभिमन्यूलाई अनुबन्ध गरेको हो । अभिमन्यूलाई अनुबन्ध गरेसँगै फिल्मको वर्कसप चलिरहेको निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको सुटिङका लागि सलोन लगायतका कलाकार सोमबार लन्डन प्रस्थान गरेका थिए ।

सन् २०१२ देखि मोडलिङमा सक्रिय अभिमन्यूले ‘लैजा मज्नु’ फिल्म र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ मा मोडलिङ गरेका छन् । निर्देशक भट्टराईले अभिमन्यूको हजुरआमा नेपाली भएको र उनलाई नेपालीको धेरथोर ज्ञान भएकाले पनि फिल्ममा लिने निर्णय गरेको बताए ।

निर्देशक भट्टराईले यो फिल्मको सुटिङ सोमबारबाट सुरु गर्ने बताएका छन् । निर्माण टिमले मुख्य अभिनेत्रीका लागि जसिता गुरुङलाई लन्डनमा नै अनुबन्ध गरेको थियो ।

पुरुषोत्तम प्रधानले खिच्न लागेको यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ११ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु