बाफ्टाको कर्माथान फेस्टिभलमा ‘हल्कारा’ « Khabarhub

बाफ्टाको कर्माथान फेस्टिभलमा ‘हल्कारा’


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म ‘हल्कारा’ ले एकपछि अर्को अन्तर्राष्ट्रिय फेस्टिभलमा आफूलाई अब्बल रुपमा सावित गरिरहेको छ । 

केही दिन अगाडि मात्र अमेरिकी फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, अभिनय र छायांकन विधामा जितेको फिल्म विश्वकै चर्चित फिल्म अवार्ड बाफ्टा (ब्रिटिश फिल्म एकेडेमी अवार्ड) को क्वालिफाइङमा पर्ने कर्माथान बे फिल्म फेस्टिभलमा छानिएको छ । फेस्टिभलको वेबसाइटले छनोटको पुष्टि गरेको छ ।

विक्रम सापकोटा निर्देशित यो फिल्ममा महेश त्रिपाठी मुख्य भूमिकामा छन् । अभिनेता त्रिपाठी र निर्देशक सापकोटाले आगामी मे १८ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

जीवनमा अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायतको पनि अभिनय छ । विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लव प्रतीक र आकाश बरालले लेखेका हुन् ।

 चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सन मिलेर निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ४१ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ