आफूविरुद्ध लगाएको आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाको चुनौती « Khabarhub

आफूविरुद्ध लगाएको आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाको चुनौती


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप  प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् । 

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै थापाले आफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन् । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके एन्फा र फिफाको नियमअनुसार कारवाहीको भागेदारी हुने थापाको चेतावनी छ ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस् भन्नु रहेको र एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे ।
यस्तै उनले चाँडै आफू कानूनी रुपमा राखेप, मन्त्रालय, फिफा लगायतका निकायमा अपिल गर्ने समेत बताए ।

उनले एएफसीका पूर्व अध्यक्ष बीन हमामसँग लिएको एक लाख डलरका कारण फिफाले आफूलाई कारवाही गरेको र त्यो सहर्ष स्विकारेर कारवाही भोगिरहेको बताए ।  

फिफाले थापालाई १० वर्षसम्म कुनैपनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरेर कारवाही गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २५ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति