नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने « Khabarhub

नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।

मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले जानकारी दिएका छन् ।

कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुई वटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले जनाए ।

दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।

नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ ।

मिडिया सेन्टरमा बिहान १०ः३०, अपराह्न २ः३० र साँझ ७ः३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।

स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेही रूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।

नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नियोकले मङ्गलबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको जनाएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्म रूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : २७ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र