पन्ध्र हजार जनाले सम्पत्ति विवरण बुझाएनन् « Khabarhub

पन्ध्र हजार जनाले सम्पत्ति विवरण बुझाएनन्


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक वर्ष २०७७/७८ मा कुल १५ हजार ४०९ जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।

आव २०७६/७७ मा कुल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकोमा आव २०७७/७८ मा कुल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् ।

केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रमुख आयुक्त राईले आगामी दिनमा आयोग र केन्द्रले एक अर्कामा समन्वय र सहकार्य बढाउने बताएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ५९ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको