डाक्टरसँगै योगगुरु बनेकी निभेदिता प्रधान | Khabarhub Khabarhub

डाक्टरसँगै योगगुरु बनेकी निभेदिता प्रधान



योग एउटा यस्तो विषय हो, यो जुन विषयसँग पनि जोडिन्छ । योगको अर्थ नै जोड हो। मेरो पनि डेन्टल र योग सँगको जोड अचम्मको रहेको छ । डेन्टलकै कारण म योगमा आएको हो । मलाई सिभिएर ब्याक पेन भएर इन्डियामा एक हप्ता हस्पिटलाइज भएकी थिए ।

तर कुनै पनि सिग्निफिकेन्ट रिजल्ट आएको थिएन, त्यसपछि म आर्युवेदिक डाक्टर हरि प्रसाद पोखरेलको हस्पिटलमा गएर एक हप्ता योगा थेरापी जोइन गरे। यसबाट मलाई एकदमै रिलिफ फिल भयो ।

त्यसपछि मलाई फिल भयो बिरामी हुँदा योगले यति धेरै फाइदा पुर्‍याउने रहेछ भने स्वस्थ हुँदा किन नगर्ने, सन्चो भएपछि पनि मैले एक हप्ता, एक महिना योगलाई निरन्तरता दिए । यसरी नै मेरो योग को सुरुवात भयो ।

बिरामी भएपछि योग गुरु
म योग सिकेपछि पनि कहिले गर्ने कहिले छोड्ने भइराखेको थियो । जहिले जहिले ढाड दुख्छ त्यति बेला मात्र गर्ने गर्थे । जुन थेरापीबाट सिकेको पार्ट थियो त्यही मात्र गर्थे । तर निरन्तरता दिएर लागेको थिएन, पछि कोभिड महामारी सुरु भयो। कोभिडले धेरै जनालाई धेरै कुरा सिकाएको छ ।

मेरो लागी चेतनाको विषय योग थियो। घरको चार वटा भित्तामा बसेर निसास्सिनु पर्दा त्यो बेला श्वासप्रश्वास नै गम्भीर विषय बनिरहेको बेला योगा फेरि निरन्तर गरौँ भनेर अनलाइनबाट हेर्दे एक वर्ष गरेँ । एक वर्ष गर्ने क्रममा यसको फाइदा आइरहेको छ भने किन अगाडी नबढाउने भनेर रिसर्च गरे ।

मानिस हर देश विदेशबाट योग सिक्न नेपाल आउने रहेछन् भन्ने थाहा भयो। यही क्रममा मैले नेपाल योगा एकेडेमीमा योगा सिक्न गए । तर मैले सोचेको थिइन म योगा टिचर बन्छु भनेर, म अहिलेकै पनि युवा पुस्ता हो, म योगा टिचर भए पनि सुधार्नु पर्ने धेरै कुरा छन् होला ।

यही विषयमा योगा ट्रेनिङ सकेर आए, त्यसपछि उहाँले नै डेन्टिस्ट पनि एनाटमीको व्यागराउन्ड पनि छ । योगा टिचर जोइन गर्दा हुन्छ भन्नु भयो । त्यसपछि मेरो करियरले नै नयाँ मोड लियो । मैले एक महिनाको ट्रेनिङ लिए लगत्तै पढाउन सुरु गरेँ ।

सिकेकै ठाउँबाट सिकाउँदा
सुरुमा त म अलि नर्भस भए । विश्वास लागेको थिएन म योगा टिचर बन्छु, म रेडी छैन कि भन्ने फिलिङ्स आयो। योग भनेको त गहन विषय हो, यसमा हजार वटा आसन मात्रै हुन्छ । म भएको एकेडेमीमा त कति सिनियर मान्छे हुनु हुन्छ ।

उमेर र अनुभवले पनि म त नयाँ हो। मैले यो कुरा गुरु प्रति राख्दा उहाँले राम्रो टिचर हुन सबै कुरा आउनु पर्छ भन्ने छैन,जे जति आउँछन् त्यसलाई राम्ररी डेलिभर गर्न जान्नु पर्छ भनेर मलाई प्रोत्साहन गर्नु भयो ।

एक महिनाको ट्रेनिङ भएता पनि योगसँगको सम्बन्ध मेरो लामो थियो। मेरो घरको वातावरणमा पनि योगिक थियो । जहाँ मेरो बाबाले सधैँ योग गर्नु हुन्थ्यो । आध्यात्मप्रति मेरो बच्चादेखि नै रुचि थियो । तर ठुलो हुँदै गएपछि योगले वेटलस हुन्छ होला र जस्तो लाग्थ्यो । अहिले आएर थाहा भयो योग कति महत्त्वपूर्ण छ ।

योगबाट लाभ
योगलाई समय दिएको भन्दा पनि त्यसबाट लाभ लिएको जस्तो लाग्छ । जुन समय तपाइले योगा लाई दिनु हुन्छ, यस सँगै विभिन्न किसिमको ध्यान, साधना जोडिएर आएको हुन्छ ।

हामीले योग भन्दा जीउ मर्काउने, बङ्गाउने सोचिरहेका हुन्छौ। योगको लागी समय छ्ट्याउनै पर्दैैन। हामीले बस्दा पनि आनन्दित तरिकाले बस्यौ भने पनि एउटा आसन हुन्छ ।

हामी राइट तरिकाले कन्सियस भएर उभियौँ भने पनि खडासन हुन्छ। योग त जीवनको एउटा अंग होइन, हामी चाहे पनि नचाहे पनि आसन गरिराखेका छौँ । तर कन्सियसली कसरी गर्ने भन्ने मात्र हो ।

नर्मल गर्न सकिने योग
सूक्ष्म व्यायाम हामीले नर्मली गर्न सक्छौ। यो सबै जनाले गर्न सकिन्छ । धेरै जनाले सोध्नु पनि हुन्छ मलाई एकदमै योगा गर्न मन छ तर फेक्जीबल नै हुदिन कसरी योग गर्ने भन्नु हुन्छ। झन योग त उनीहरुकै लागी हो। जो कोहीमा श्वास छ उसले योग गर्न सकिन्छ ।

त्यो अनुसार नर्मल हिसाबले सुरु गर्दा सूक्ष्म ब्ययाम जुन सुकै रोग भएका व्यक्तिले पनि गर्न सकिन्छ। र जुन उमेर समूहका मानिसले पनि गर्न मिल्छ। सूर्य नमस्कार हामीले पहिले देखि सुन्दै आएको हो ।

तर हामीले यसलाई पूजामा मात्र सीमित राख्यौ। हामीले आफ्नो शरीरको फर्म युज गरेर साधनाको रुपमा प्रस्तुत गरेर पूजा अर्चनासँंगै स्वास्थ्य पनि राम्रो बनाउन सक्छौ। जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ ।

इन्डियामा सिकाउने अवसर
म नेपाल योगा एकेडेमी र शिवतत्व योगा स्कुलसँग जोडिएको कारणले नै उहाँहरुले मेरो बारेमा बुझ्नु भयो र मलाई कन्ट्याक्ट गर्नु भयो। म पनि स्तब्ध भए । इन्डियामा पनि त्यति धेरै योगा टिचर हुनु हुन्छ ।

किन मलाई नेपालदेखि बोलाउनु भयो भनेर अचम्म लाग्यो। यो भन्दा अघि पनि बच्चाहरुसँग कार्यरत थिए। कुनै उमेर समूहमा गएर भन्दा बच्चाबाट यस्तो वातावरण दिँदा सहज हुन्छ, भनेर मैले बच्चाहरु प्रति फोकस गरिरहेको थिए। मैले भर्खरै मल्पी इन्टरनेशनलमा स्कुलमा पनि चियर योगा भनेर परिचय गरेको थिए ।

यो मेरो सबै काम उहाँहरुले देखेर मलाई बोलाउनु भएको हो। त्यहाँ जाने मौका पाउँदा आफैले आफैलाई गौरवशाली ठानेको थिए । अरूको देशमा गएर आफ्नो राष्ट्रिय गान गाउन पाउँदा एकदमै खुसी लागेको थियो । इन्डियाको दुई वटा न्युज च्यानल ले पनि कभरअप गरेको थियो ।

नेपाल र भारतमा योग सिकाउँदाको फरक
सुरुमा त भाषाको समस्या भयो। कतिपय अवस्थामा हिन्दीमा बोल्नु परेको थियो । उनीहरूले बुझ्न पनि सहज भयो । यो बेला मलाई लाग्यो भाषा भनेको एउटा माध्यम मात्रै हो भन्ने फिल भयो । हामी मानिस फिजिकल्ली, मेन्टल्ली सबै एउटै नै हो त्यो भएर अरु कुरामा धेरै गाह्रो भएन।

डेन्टिस्ट भन्दा योग गुरु नै भन्न रुचाउँछु
मैले आफु लाई डेन्टिस्ट भन्दा योग गुरु नै भनेर चिनाइरहेकी छु। हाल म शिवतव्त्त योग स्कुल र नेपाल योगा एकेडेमीमा योगा प्रशिक्षकको रुपमा कार्यरत छु। साथै, सूर्य वेलनेसमा पनि योगा प्रशिक्षकको रुपमा कार्यरत छु । योगा टिचर त धेरै हुनु हुन्छ ।

तर मेडिकल या डेन्टल ब्यागराउन्डबाट योगा टिचर भएर आउँदा अझै धेरै सिकाउने मौका पाउँछु । योगा गर्न समय नभएको मान्छेहरु लाई पनि टिप्स एन्ड ट्रिक दिएर सानो समय लाई उपयोग गर्ने भनेर एनाटमिक वे बाट मोडिफिकेसन गरेर प्रस्तुत गरी रहेकी छु ।

योगाको लागी समय
भागवदगीतामा भनिएको छ, योगा, समत्व, उच्चयते, यसको अर्थ भनेको ब्यालेन्स हो, परिवार, समाज, साथीभाइ सबै मिलाएर लैजानु पर्छ।

म आफै पनि अनलाइन ट्रेनिङ लिइरहेकी छु। सिक्दै सिकाउँदै गर्दा यो सबै कुराको ब्यालेन्स नै योग अभ्यास बाट आइरहेको छ । मेरो अभ्यास ले नै सबै कुरा ब्यालेन्स भइरहेको छ ।

योग भनेको डेन्टल, मेन्टल सबैलाई चाहिने कुरा हो, यो मात्रै नभएर म अलि एक्सफलोर गर्ने खालको मान्छे थिए। डेन्टल डिग्री सकेर फिलिपिन्स बाट फर्किए पछि कान्तिपुर डेन्टल हस्पिटलमा पब्लिक रिलेसन अफिसर भएर काम गरेँ ।

सबैले जनाले भन्थे डेन्टिस्ट भएर किन पब्लिक रिलेसन अफिसर भएर काम गर्ने? अहिले योगा सिकाउदाँ पनि किन यस्तो गर्ने भन्नु हुन्छ । क्रममा आफूले आफूलाई एक ठाउँमा सीमित नराखेर एक पटकको जुनीमा धेरै कुरा एक्सप्लोर गरी हेरौँ भनेर लागीरहेकी छु।

जीवनको खुशी र सन्तुष्टि
हामी फिलोसोपीमा लिभ इन द मोमेन्ट भन्छौ । मैले योगा टिचर बन्छ नै भनेर सोचेकै थिएन । र भोलिका दिनमा यही गर्छु भनेर पनि सोचेको छैन ।

म जे मा खुसी र सन्तुष्ट हुन्छु र जीवनले कता लैजान्छ त्यतै जान रेडी छु। खुसी भनेको त बाहिर भन्दा मन भित्र नै छ । मैले यो देशमा, त्यो देशमा, यो पेशामा, त्यो पेशामा देख्यो भने सायद दुखि हुन्थे होला । तर म जे गर्छु खुसी हुन्छु ।

भबिष्यको योजना
योगा त मेरो जीवन शैली नै बनेको छ। योगा बाट म छुट्टिएर बस्न सक्दिन, योगाको निरन्तरता त अगाडीको दिनमा पनि गर्नेछु। मैले डेन्टिस्ट पढ्दा पनि धेरै मानिसको मुहारमा हासोँ ल्याउन सकौ भनेर पढेको हो ।

तर मेरो अनुभवमा योगाबाट धेरै हुने रहेछ। देश विदेशको मानिसहरु सँगै बसेर हात जोडेर लोका समस्त सुखिनव भवन्तु भनेर प्रार्थना गर्दा उनीहरुबाट जुन मुस्कान आउछँ र जुन थ्याङकफुलनेस ममा आउँछ त्यो खुसी कुनै डलर तिर्दा ले पनि हुँदैन। योगाको निरन्तरता सधैँ हुनेछ।

(डा.निभेदित प्रधानसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : ३४ बजे

कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन्

कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै

विराटनगर- कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ बिहीबार साँझ

अशोकको तर्क- उपेन्द्रको कार्यशैलीका कारण नयाँ दल बनायौँ

काठमाडौं– जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन

अर्को समूहले छाड्यो जसपा, महेन्द्र लावती नेतृत्वमा बन्यो पहिचानवादी मोर्चा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अर्को एउटा

मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे अन्तरक्रिया (लाइभ)

काठमाडौं – मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यताबारे बहस आयोजना