नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल  | Khabarhub Khabarhub

नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका महानिर्देशक रबाह ए अल-रबाहबीच केसीसीआइ भवन कुवेत सिटीमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उनीहरुबीच नेपाल र कुवेतबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका सम्बन्धमा कुराकानी भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत भण्डारीले नेपालको बाह्य व्यापारको अवस्था, प्रमुख निकासीका सामग्रीहरू, हाल सामान निकासी हुने मुलुक, नेपाली उत्पादनका सामग्रीहरूको कुवेत लगायत खाडी मुलुकमा निकासीको सम्भावनाबारे जानकारी गराएका थिए ।

साथै, नेपालमा वैदेशिक लगानीको अवसर, सुविधा, सरकारले गरेको नीतिगत, कानुनी र संरचनागत व्यवस्था, लगानीका प्रमुख क्षेत्रहरू, उत्पादित सामग्रीको बजारलगायतका बारे पनि जानकारी गराएको दूतावासले जनाएको छ ।

यसै क्रममा दुई मुलुकबीच व्यापारी प्रतिनिधिमण्डलको आदान-प्रदान, व्यापार मेला, प्रदर्शनी आयोजना, उत्पादनका सामग्रीहरू प्रवर्द्धन एवं बजारीकरणको सम्बन्धमा पनि कुराकानी भएको थियो ।

यसैगरी राजदूत भण्डारी र कुवेत ट्राभल एण्ड टुरिजम एजेन्सी एसोसिएसनका महासचिव मजदी टी अबु उमरबीच पनि कुवेत सिटीमा भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपालको पर्यटन बजार, प्रमुख पर्यटनस्थल तथा उत्पादनहरू, कुवेतदेखि नेपालसम्मको आवतजावतको व्यवस्था, पर्यटनका लागि आवश्यक सुविधाहरू, भिजा प्रणाली, आन्तरिक आवतजावतको व्यवस्था बारे छलफल भएको थियो ।

यस अतिरिक्त कुवेतमा नेपालको पर्यटन प्रवर्द्धनका सम्बन्धमा नेपाली दूतावास र कुवेत ट्राभल एण्ड टुरिजम एजेन्सी एसोसिएसनबीच सहकार्य अघि बढाउनेबारे विचारको आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : १६ बजे

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ– नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ स्वरकिन्नरी

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किँदै

नेपालगञ्ज– नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

पर्वत– पर्वतमा लामो समयदेखि बन्द रहेका ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ ।

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई