नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल  « Khabarhub

नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका महानिर्देशक रबाह ए अल-रबाहबीच केसीसीआइ भवन कुवेत सिटीमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उनीहरुबीच नेपाल र कुवेतबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका सम्बन्धमा कुराकानी भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत भण्डारीले नेपालको बाह्य व्यापारको अवस्था, प्रमुख निकासीका सामग्रीहरू, हाल सामान निकासी हुने मुलुक, नेपाली उत्पादनका सामग्रीहरूको कुवेत लगायत खाडी मुलुकमा निकासीको सम्भावनाबारे जानकारी गराएका थिए ।

साथै, नेपालमा वैदेशिक लगानीको अवसर, सुविधा, सरकारले गरेको नीतिगत, कानुनी र संरचनागत व्यवस्था, लगानीका प्रमुख क्षेत्रहरू, उत्पादित सामग्रीको बजारलगायतका बारे पनि जानकारी गराएको दूतावासले जनाएको छ ।

यसै क्रममा दुई मुलुकबीच व्यापारी प्रतिनिधिमण्डलको आदान-प्रदान, व्यापार मेला, प्रदर्शनी आयोजना, उत्पादनका सामग्रीहरू प्रवर्द्धन एवं बजारीकरणको सम्बन्धमा पनि कुराकानी भएको थियो ।

यसैगरी राजदूत भण्डारी र कुवेत ट्राभल एण्ड टुरिजम एजेन्सी एसोसिएसनका महासचिव मजदी टी अबु उमरबीच पनि कुवेत सिटीमा भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपालको पर्यटन बजार, प्रमुख पर्यटनस्थल तथा उत्पादनहरू, कुवेतदेखि नेपालसम्मको आवतजावतको व्यवस्था, पर्यटनका लागि आवश्यक सुविधाहरू, भिजा प्रणाली, आन्तरिक आवतजावतको व्यवस्था बारे छलफल भएको थियो ।

यस अतिरिक्त कुवेतमा नेपालको पर्यटन प्रवर्द्धनका सम्बन्धमा नेपाली दूतावास र कुवेत ट्राभल एण्ड टुरिजम एजेन्सी एसोसिएसनबीच सहकार्य अघि बढाउनेबारे विचारको आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : १६ बजे

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड