भारतले बनायो पाँच दिनमा ७५ किलोमिटरको कालोपत्रे राजमार्ग « Khabarhub

भारतले बनायो पाँच दिनमा ७५ किलोमिटरको कालोपत्रे राजमार्ग


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले पाँच दिनमा ७५ किलोमिटर लामो कालोपत्रेसहितको राजमार्ग तयार गरेको छ।

अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा ७५ किलोमिटर सडक कालोपत्रे गरेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको दाबी छ।

भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेटमा सो दुरीको कालोपत्रे सडक बनाएको उनले ट्विटरमा अपलोड गरिएको एक भिडियो सन्देशमा भनिएको छ।

भारतको स्वतन्त्रताको ७५ वर्षको सम्झना र प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ‘आजादीका अमृत महोत्सव’को औचित्यमा एनएजएआईले विश्व कीर्तिमान बनाएको मन्त्री गडकरीले बताएका छन्। यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणित समेत गरेको उनले उल्लेख गरेका छन्।

गडकरीले एनएजएआई र राज पाथ इन्फारकन प्रालिलगायतका इन्जिनियरहरू, ठेकेदारहरू, सल्लाहकारहरू र कामदारहरूलाई परियोजनाको कुशल कार्यान्वयनका लागि प्रशंसा सहित विश्व रेकर्डको कायम गर्न सफल योगदान पुर्‍याएकोमा धन्यवाद समेत दिएका छन्।

यससँगै सबैभन्दा कम अवधिमा सडकको लामो दुरी निर्माण गर्ने रेकर्डमा भारतले कतारलाई उछिनेको बताइएको छ।

यसअघि गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा लामो लगातार निर्माण गरिएको कालोपत्रे सडक २५.२७५ किलोमिटरको थियो। २०१९ फेब्रुअरीमा कतारको दोहामा निर्माण भएको उक्त सडकको काम पूरा हुन १० दिन लागेको थियो।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ३७ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै