८ किलो गाँजासहित युवक पक्राउ « Khabarhub

८ किलो गाँजासहित युवक पक्राउ


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको भैरहवामा अवैध गाँजाको कारोबार हुने गरेको खुलेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयले व्यावसायिक रूपमा गाँजाको कारोबार गर्ने युवालाई पक्राउ गरेसँगै भैरहवा पनि यसबाट अछुतो नरहेको पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार साढे ४ बजे करिब ८ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय अभिषेक थापा मगरले लागुऔषध गाँजा कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरेको हो । प्रहरी टोलीले घरकोठा र शरीर खानतलासी गर्दा थापा बस्ने दुई कोठे टहरे घरको उत्तरतर्फको कोठाभित्र दुई वटा निलो प्लाष्टिक र एक वटा रातो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थलाई  बरामद गरेको छ ।

त्यस्तै, सोही कोठामा पहेँलो प्लाष्टिकमा पोको पारी राखेको ३ केजी १५० ग्राम गाँजा, सानो डिजिटल मेसिन (तराजु) १ थान, नेपाली नोट जम्मा १ हजार ७२० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए ।

अर्को कोठाभित्र रहेको स्टिल दराजभित्र लुकाई राखेको अवस्थामा निलो प्लाष्टिकमा ८ सय ग्राम गाँजा भेट्टिएको थियो भने गाँजालाई छुट्टाछुट्टै पोको पारी बिक्री गर्ने अवस्थामा राखिएको र सोही दराजभित्र सेतो प्लाष्टिक ५० थानसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : २१ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु