‘चिसो मान्छे’ मा स्वस्तिमा : ‘अभिनयको सुन्दरता देखाउने कोसिस गरेकी छु’ | Khabarhub Khabarhub

‘चिसो मान्छे’ मा स्वस्तिमा : ‘अभिनयको सुन्दरता देखाउने कोसिस गरेकी छु’



अभिनेत्री स्वस्तिमा खड्काको परिचय केही समय यता फेरिएको छ। उनले ‘बुलबुल’ मा अभिनय गरेपछि उनको पहिचान मात्र बद्लिएन, उनलेसमेत आफूमा परिवर्तन महसुस गरेकी छिन्। डेब्यु फिल्म ‘होस्टेल रिटर्न्स’ बाट रंगीन दुनियाँमा उदाउँदा उनलाई चुलबुले भूमिकामा रोजियो। फिल्ममार्फत् पनि औसत नै प्रतिक्रिया पाएपछि स्वस्तिमाको व्यस्तता भिडियोमा बढ्यो। चुलबुले अभिनयसँगै नाच्ने र गाउनेमै उनी सीमित भइन्। फिल्ममा औसत चर्चाकै बीच उनको विवाह निर्देशक निश्चल बस्नेतसँग भयो।

‘लूट’मार्फत् निर्देशनमा पाइला टेकेका निश्चल जोडिए पश्चात उनको चर्चा नहुने कुरै भएन। आफ्नो प्रतिभा देखाउन प्रतीक्षामा रहेकी स्वस्तिमा ’कुटुमा कुटु’ बोलको गीतमा डान्स गरेपछि चर्चाको उचाइमा पुगिन्। छक्का पञ्जा–२, नाई नभन्नु ल ५, जय भोले जस्ता फिल्म व्यावसायिक रुपमा सफल हुँदा उनलाई चिन्ने दर्शक बढे। यद्दपी उनको करिअरको लागि टर्निङ प्वाइन्ट भने ‘बुलबुल’ फिल्म बन्न पुग्यो। यो फिल्ममा अभिनय गरेपछि उनको अभिनय क्षमताको निकै चर्चा भयो। उनले आफ्नो दर्शकको दायरा पनि बढाइन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डमा समेत उनको उपस्थिति रह्यो।

‘लूट’मार्फत् निर्देशनमा पाइला टेकेका निश्चल जोडिए पश्चात उनको चर्चा नहुने कुरै भएन। आफ्नो प्रतिभा देखाउन प्रतीक्षामा रहेकी स्वस्तिमा ’कुटुमा कुटु’ बोलको गीतमा डान्स गरेपछि चर्चाको उचाइमा पुगिन्।

फिल्म ’बुलबुल’ मा अभिनय गरेपछि रेगुलर दर्शक भन्दा भिन्न वर्गमा आफ्नो पहिचान स्थापित गरेकी स्वस्तिमाले अभिनय गरेको फिल्म ‘चिसो मान्छे’ मार्फत् पुनः आश जगाएकी छिन्। यसपटक पनि उनले दर्शकलाई आफ्नो कामले मोहित बनाउने तयारी थालेकी छन्। फिल्म ‘चिसो मान्छे’ मा नेपाल ल्याइएको शवलाई बुझेपछि एक विपन्न परिवारले काठमाडौंदेखि बाजुरासम्म गरेको यात्राको कथा भन्छ। यो यात्रामा छिन् , स्वस्तिमा अर्थात् पुष्पा।

उनी आफ्नो पतिको शव लिन बाजुरादेखि काठमाडौं आइपुगेकी हुन्छिन्। कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रामा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन्। विदेशबाट आएको शवलाई गाउँ पुर्याउने यात्रामा फिल्मले विभिन्न पाटोलाई समेटेको छ।

छक्का पञ्जा–२, नाई नभन्नु ल ५, जय भोले जस्ता फिल्म व्यावसायिक रुपमा सफल हुँदा उनलाई चिन्ने दर्शक बढे।

यो घटनाक्रमलाई स्वस्तिमाले पहिला देखेता पनि यसको गहनतालाई महसुस गरेकी थिइनन्। उनका श्रीमान निश्चलको मामाघर जुम्ला भएकाले पनि उनलाई बाजुराको लवज र परिवेश बारे थोरै थाहा थियो। ‘जुम्ला र बाजुराको भाषा धेरै हदसम्म मिल्ने भएकाले म केही परिचित थिएँ। यद्दपी यो क्यारेक्टरको बारेमा जे बुझेकी थिएँ। त्यसैलाई काल्पनिक रुपमा तयार परेकी हुँ’, उनले भनिन्।

स्वस्तिमालाई निर्देशक दीपेन्द्र के खनालले क्यारेक्टरको बारेमा बुझाएपछि उनले काल्पनिक रुपमा त्यसलाई तयार गरिन्। यद्दपी उनले क्यारेक्टरसँगै परिवेशलाई बुझ्न बझाङ–बाजुरा तिरका डकुमेन्ट्री हेर्न थालिन्। भाषाकै लागि कक्षासमेत लिइन्। निर्माण टोलीले शिक्षक नै राखेर उनलाई कक्षाको व्यवस्था गरेपछि उनले झन्डै एक हप्तामा फिल्मलाई पुग्ने तयारी पुरा गरिन्।

कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रामा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन्।

सुदूरपश्चिमको बोलीमा पातलो ‘स’को प्रयोग खासै हुँदैन भन्ने कुरालाई ध्यानमा राखेर कक्षामा मोटो ‘श’ को प्रयोग गरेर संवाद बोल्ने प्रयास सुरु गरेपछि छोटो समयमै बाजुराको लवजमाथि उनले पकड बनाएको देख्दा शिक्षक खुसी भए। उनले क्यारेक्टरलाई जीवन्त बनाउन ‘लोकेसन हन्टिङ’का लागि निर्माण टिमसँगै बाजुरा जाने तयारी गरिन्। आफूले कल्पना गरेको पात्रलाई जीवित बनाउन बाजुरा पुगेकी स्वस्तिमाले पात्रको नाम समेत भेटाइन।

पहिरन, चुरा, क्लिप, बुलाकी अनि जुत्ता पहिरेर आफ्नो क्यारेक्टरको लुक्स टेस्ट गरिरहेकी स्वस्तिमालाई एक वृद्ध आमाले ’पुष्पा’ भनिन्। ती वृद्धाले अनयासै ‘मैले त पुष्पा आएझैं माने’ भनिदिएपछि त्यही नाम लिएर उनले क्यारेक्टर बनाइन। स्वस्तिमाले अभिनयको औपचारिक सैद्धान्तिक ज्ञान नलिएता पनि अनुभवले नै आफूलाई क्यारेक्टर निर्माणमा सघाएको उनले बताइन ।

किनकी उनलाई बाल्यकालमा माधुरी दीक्षित, करिश्मा मानन्धर, निरुता सिंहको सुन्दरता भन्दा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यको सिरियलले आकर्षित गर्यो। ‘मलाइ करिश्मा र निरुता दिदीको एक्सप्रेसन मन पथ्र्यो। तर, मह जोडीको सिरियलमा काम गर्न पाएँ हुन्थ्यो भन्ने लाग्थ्यो। स्कुलकै उमेरमा ती सब मन पर्ने भएकाले नै होला अहिले म यस्तो छु’, स्वस्तिमाले भनिन्। उनले फिल्ममा आएपछि परम्परागत ‘हिरोइन’ को सोचलाई बढाइदिने मान्छे धेरै भेटिन। ‘हिरोइन भने सफा, चिटिक्क हुनुपर्छ भन्ने सोच नै बढी भयो। मलाई बुझाउनेले पनि त्यही बुझाए। फलतः सुरुवाती दिनको काम त्यसरी नै भयो’, उनले भनिन्। तर, बाल्यकालको रुचिलाई विस्तारै अगाडि ल्याएकी स्वस्तिमाको पहिचान अहिले फरक बनिसकेको छ।

पहिरन, चुरा, क्लिप, बुलाकी अनि जुत्ता पहिरेर आफ्नो क्यारेक्टरको लुक्स टेस्ट गरिरहेकी स्वस्तिमालाई एक वृद्ध आमाले ’पुष्पा’ भनिन्। ती वृद्धाले अनयासै ‘मैले त पुष्पा आएझैं माने’ भनिदिएपछि त्यही नाम लिएर उनले क्यारेक्टर बनाइन।

‘हाम्रो सोचको दायरा बढाउनु जरुरी छ। छक्का पञ्जा मन पर्ने मध्ये कमैलाई बुलबुल मनपर्छ र बुलबुल मनपर्नेको सोच छक्का पञ्जाप्रति त्यही छ। तर, म दुवै किसिमका फिल्ममा काम गर्न चाहन्छु। म दर्शक विभाजित नहोस् भन्ने चाहन्छु’, स्वस्तिमाले भनिन्। उनले नेपाली फिल्मको सानो मार्केटमा दर्शक विभाजन हुनु नहुनेमा जोड दिइन्। उनले कुटुमा कुटुका दर्शकले बुलबुल हेर्ने वातावरण बन्नु पर्ने बताइन। उनलाई प्राप्त प्रतिक्रिया पनि मिश्रित छन्। कुटुमा कुटु गर्लनै हो बुलबुलमा अभिनय गर्ने ? भनेर पनि धेरैले सोधेका छन्। ‘म एकै किसिमको क्यारेक्टरमा रहन चाहदिन। दर्शक दुवैतर्फ हुनहुन्छ। हामीले काममार्फत् आकर्षित गर्नुपर्छ’, उनले भनिन्।

उनले बुलबुल, चिसो मान्छे जस्ता फिल्म बढी भन्दा बढी बने दर्शक बढ्ने बुझेकी छिन्। ’बुलबुल र चिसो मान्छे फिल्म आफैँमा फरक छन्। यस किसिमका फिल्मका दर्शक एकआपसमा कनेक्ट हुन्छन्। त्यसैले यस्ता फिल्मको संख्यात्मक हिसाबमा पनि बढी बन्नु जरुरी छ’, स्वस्तिमाले भनिन्। उनले यस किसिमका नेपाली फिल्म बढी बनेमा दर्शक बढ्नेमा विश्वस्त रहेको सुनिइन्।

’बुलबुल र चिसो मान्छे फिल्म आफैँमा फरक छन्। यस किसिमका फिल्मका दर्शक एकआपसमा कनेक्ट हुन्छन्। त्यसैले यस्ता फिल्मको संख्यात्मक हिसाबमा पनि बढी बन्नु जरुरी छ’, स्वस्तिमाले भनिन्।

‘हाम्रा दर्शकलाई कहिले काही नेपाली फिल्ममा गरिएको प्रयोग मन पर्दैन। तर, उस्तै प्रकारको विदेशी फिल्मले वाहवाही बटुलिरहेका हुन्छन्। फिल्म बन्ने संख्या बढेमा दर्शकको टेस्ट बढ्दै फिल्म हेर्ने संख्या पनि बढ्ने छ’, उनले भनिन्। बुलबुल र चिसो मान्छे जस्ता फिल्ममा रेगुलर भन्दा फरक किसिमको कमर्सियल भ्यालु रहेको उनले बताइन। ’फिल्मले कमर्सियल भ्यालु बोकेको छ। तर, मनोरंजन दिने शैली फरक छ। यसको स्वाद फरक छ’, उनले भनिन्।

पुष्पालाई एडप्ट गरेपछि उनले काम गर्नेक्रममा निर्देशकबाट छुट पाइन्। पुष्पालाई जीवन्त बनाउन स्वस्तिमाले गर्ने प्रयोगलाई निर्देशक खनालले कतै अवरोध गरेनन्। यसले उनलाई थप जिमेवार मात्र बनाएन, काममा स्वतन्त्रतासमेत महसुस गरायो। ’मैले कम नाम चलेका निर्देशकसँग काम गर्दा पनि यसो गर, उसो गर। यो गर, त्यो नगर भन्नुहुन्छ। कलाकार पनि क्यारेक्टरलाइ लिएर निर्देशक झैँ गम्भीर हुन्छन्। यो क्रममा मैले दीपेन्द्र दाइसंग स्वतन्त्रता पाएँ। उहाँले क्यारेक्टरलाई सपोर्ट गर्ने कुरामा छुट दिनुभयो’, स्वस्तिमाले भनिन्।

पुष्पालाई जीवन्त बनाउन स्वस्तिमाले गर्ने प्रयोगलाई निर्देशक खनालले कतै अवरोध गरेनन्। यसले उनलाई थप जिमेवार मात्र बनाएन, काममा स्वतन्त्रतासमेत महसुस गरायो।

उनले छायांकनको क्रममा विमानस्थलमा आँखा झिम्मिक्क–झिमिक्क गरेर सट दिइन्। त्यसो गरिरहदा उनलाई निर्देशकले केही भन्ने हुनकी लागेको थियो। तर, निर्देशकले केही भनेनन्। उनले त्यसलाई निरन्तरता दिइन्। छायांकन गर्दै मलेखु पुगेपछि निर्देशक खनालले दिएको प्रतिक्रियाले उत्साहित भइन्। उनले आँखा झिमिक्क गरेको कारणले क्यारेक्टरलाई जीवन्त बनाएको प्रतिक्रिया पाएकी थिइन्। त्यसपछि उनलाई एउटा सिनमा रुन भनिएको थियो। तर, उनले रुनुको सट्टा गला अवरुद्ध भएझैँ संवाद बोलिन्। यी यस्ता छुटले आफूलाई क्यारेक्टर बलियो बनाउन सहयोग पुगेको स्वस्तिमाले बताइन।

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ। दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायत कलाकारले पनि अभिनय गरेका छन्।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : ०६ बजे

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको