झापाका कृषकलाई ५०० बाख्रा वितरण | Khabarhub Khabarhub

झापाका कृषकलाई ५०० बाख्रा वितरण


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए । ‘नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो’, उनले भने, ‘विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।’ बाख्राको खोर निर्माणका लागि मात्र रु ४१ लाख खर्च भएको उनले बताए ।

नगरप्रमुख पवित्रा महतारा प्रसार्इंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम ल्याइएको बताउनुभयो । ‘यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित हुनुभएको छ’, उनले भने । कुनै पनि कारणले बाख्रा मर्‍यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उनले बताए ।

यसैबीच, नगरपालिकाले वडा नम्बर ८ मा १५ जना कृषकलाई तीन वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ । यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजङ्घा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’