मनसुन सुरु भएसँगै खोटाङमा बन्यो विपद प्रतिकार्य योजना  « Khabarhub

मनसुन सुरु भएसँगै खोटाङमा बन्यो विपद प्रतिकार्य योजना 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– मनसुनको सिजन सुरु भएसँगै खोटाङमा विपदपूर्व  तथा प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना तय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले विपद्को समयमा विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणका लागि सबै सरकारी तथा गैरसरकारी क्षेत्रबाट तयारी गर्ने, राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । 

यस्तै, खोटाङका १० वटै स्थानीय तहले विपदको समयमा प्रयोग हुने स्ट्रेचर, बाल्टी, डोरी, सेफ्टी हेलमेट, बन्चरो, आँसी हसियाँ, गैंती, कोदालो, बेल्चा, हातखुट्टाको काम्रो, हातेआरी, लिभर, घन, टर्चलाइट, हेडलाईट, सिठ्ठी, प्राथमिक उपचार सामग्रीलगायतका खोज तथा उद्धारका सामग्री व्यवस्थापन गर्ने, तार, जाली, त्रिपाल, खाद्य सामग्रीको मौज्दात राख्न अनुरोध गर्ने निर्णय गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । बैठकले आपतकालीन अवस्थामा विपद् प्रभावितको आश्रय स्थल तथा पूर्वाधार आवश्यक भए तयार गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने, सबै सुरक्षा निकाय तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्ने, विपद्को समयमा स्थानीय स्तरमा उपलब्ध सरकारी, गैरसरकारी, निजी यातायातका साधन, यन्त्र र सरसामान कानुन बमोजिम नियन्त्रणमा लिएर प्रयोग गर्ने निर्णय गरेको छ । 

 यस्तै, विपदको समयमा खाद्यान्नको अभाव हुने भएकाले उद्योग वाणिज्य संघको अग्रसरतामा खाद्य पदार्थको मौज्दातको व्यवस्था मिलाउने, जल तथा मौसम विज्ञान विभागको वेबसाइट नियमित अवलोकन गरी सबै निकाय तयारी अवस्थामा रहने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गताका कारण उच्च जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, विपदको समयमा खोज उद्धारको कार्य गर्दा महिला हिंसाजन्य घटना हुन नदिन सम्वद्ध सबै पक्ष तथा निकायबाट सजग रहने, विपदको कारण हुने महामारी तथा फैलन सक्ने सरुवा रोगविरुद्ध आवश्यक पर्ने औषधि तथा अन्य उपकरण सम्बन्धित स्थानीय तहले तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । 

 मनसुनको सुरुवातसँगै मध्यपहाडी लोकमार्ग अवरुद्ध हुनसक्ने भएकाले त्यस्तो अवस्थामा आ–आफ्नो निकायबाट आ–आफ्नो कार्यक्षेत्रभित्र लोकमार्ग अवरुद्ध हुन नदिन आवश्यक मेसिन, औजार तथा जनशक्ति व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने र लोकमार्ग अवरुद्ध हुनासाथ तत्काल लोकमार्ग खुलाउन आवश्यक कार्य गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । विपद प्रभावित क्षेत्रमा रहेका असुरक्षित भौतिक संरचना सम्बन्धित पक्षलाई भत्काउन लगाउने तथा त्यस्ता क्षेत्रमा रहेका प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तर सम्बन्धित भौतिक संरचनाको धनीले नभत्काए निजबाटै हर्जना लिनेगरी सुरक्षा निकायमार्फत व्यवस्थापन गर्ने निर्णय भएको छ ।

  बैठकले जिल्ला प्रशासन कार्यालयले तयार पारेको मनसुनपूर्व तयारी तथा प्रतिकार्ययोजना २०७९ अनुमोदन गर्दै कार्यान्वयन गर्ने, दिक्तेल बजारमा बिहान ९:३० बजेदेखि १० बजेसम्म र दिउँसो ३:३० बजेदेखि ४:३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने, बाँदर, दुम्सीलगायतका वन्यजन्तुको यथोचित समाधानका लागि विपद् व्यवस्थापन प्रधिकरणसमक्ष आग्रह गर्ने निर्णय भएको छ । 

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १२ : २३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ