रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली | Khabarhub Khabarhub

रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्लड डोनर्श एशोसीएशन अफ नेपालले खबरहबसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । शनिबार बिहान आयोजना गरिएको साइकल र्‍याली स्वयम्भूको चमती रोप वेदेखि सुरु भएर मनमैजु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको हो।

स्वयम्भूको चमती रोपबाट सुरु भएको र्‍याली स्वयम्भू भगवान् पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङ्केश्वरी मन्दिर, नरदेवी, क्षेत्र पाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, कालीमाटी चोक, टंकेश्वर, नेपाल रेडक्रस कालीमाटी, रवि भवन, कुलेश्वर, टेकु, सानेपा पुल, कुपण्डोल, पाटन ब्लक बैङ्क, कोटेश्वर महादेश स्थान, जय बागेश्वरी, सिफल, कालोपुल, प्रहरी प्रधान कार्यालय नक्साल, लैनचौर, बेलायती र भारतीय दूतावास, सामाखुसी, नयाँ बसपार्क, हुँदै मनमैजु मन्दिर प्राङ्गणमा पुगेको थियो ।

सोही अवसरमा तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम पनि गरियो । ‘रक्तदान गरौँ मानवीय कार्यमा सहभागी बनौँ’, गरौँ रक्तदान आज अनि हरेक तीन तीन महिना’ जस्ता सन्देशसहित उपस्थित भएका साइकलिस्टहरुले रक्तदान सम्बन्धी जनचेतना फैलाउन मद्दत पुर्‍याएका थिए ।

कार्यक्रममा काठमाडौँ वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १ : ३९ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा