बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु « Khabarhub

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो ।

चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए। उनले भने, ‘यस वर्ष पानी परिरहेकाले अब केही दिनपछि त जिल्लाका अधिकांश ठाउँहरुमा रोपाइँ धमाधम हुनेछ ।’ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुफाँटमा यतिबेला धमाधम धान रोपाइँ भइरहेको छ । यहाँ किसानले समूह बनाएर धान रोपाइँ गरिरहेका छन् । स्थानीयवासीले घेर्मुफाँटमा जौधान, मार्सी, झिनुवा, एक्ले जातको धान लगाउने गरेका छन् ।

त्यस्तै सञ्चारकर्मीसमेत रहनुभएका मध्यनेपाल नगरपालिकाका किसान सङ्गीत नेपालीका अनुसार मध्यनेपालका रिस्ती, भोर्लेटार फाँटलगायत पानी भएको ठाउँहरुमा रोपाइँ सुरु भएको छ । जिल्लाका केही ठाउँहरुमा रोपाइँका लागि तीव्र तयारी भइरहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा रोपाइँका लागि आली ताँस्ने, भित्ता सफा गर्ने, बाजो जमिन जोत्नेलगायत कार्य भइरहेको स्थानीयवासी ईश्वर सेढाईंले बताए।

उनले भने, ‘अब यी कामहरु सकेपछि यहाँका किसानले केही दिनपछि रोपाइँ सुरु गर्नेछन् । मस्र्याङ्दी गाउँपालिका–८ घाम्राङका बासिन्दा गमप्रसाद गुरुङले भने, ‘पानी परिरहेको र अब आउने बिहीबारदेखि यहाँका स्थानीयवासीले रोपाइँ सुरु गर्न लागेका छन् । जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुवाँ, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा चाँडै रोपाइँ सुरु भएको उक्त केन्द्रले जनाएको छ ।

जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १२ : ५७ बजे

आज २०८३ साल जेठ २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष